शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

नख्खुमा हेलिकोप्टर उडाएर उद्धार गर्न सकिएन : गृहमन्त्री लेखक

शनिबार, १२ असोज २०८१, १२ : ५४
शनिबार, १२ असोज २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नख्खुमा टहरामाथि बसेका मानिसहरूलाई भिजिबिलिटीका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न नसकेको बताएका छन् ।  केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकेनौ । यसमा दुःख व्यक्त गर्न चाहन्छु । किनभने हेलिकोप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटीका कारणले सकिएन ।’ 

उनले जमिनबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले रेस्क्यु गर्ने क्रममा सशस्त्र प्रहरीकै मानिसहरूलाई समेत बगाएको र पछि उद्धार समेत गरिएको जानकारी दिए । 

मन्त्री लेखकले जोखिममा परेका सबै नागरिकको उद्दारलाई सरकारले प्राथमिकतामा राखेको बताए । नख्खु खोलामा आएको बाढीले शनिबार बिहान उद्दारको पखाईमा रहेका ३ जनालाई बाढीले बगाएको थियो । साथै मन्त्री लेखकले अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको र त्यसको जानकारी लिने क्रम जारी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप