प्रतिकुल मौसम
ललितपुरमा ९ जनाको मृत्यु, उद्धारमा हेलिकप्टर परिचालन
शनिबार, १२ असोज २०८१, १२ : ४९
_h1Fb750mc3.jpg)
काठमाडौं । ललितपुरमा बाढी र पहिरोका कारण ९ जनाको मृत्यु भएको छ । बाढीले बगाएको ११ जनाको अवस्था अज्ञात रहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
ललितपुरको नख्खु, नखिपोट, कसुन्ती र गोटीखेल क्षेत्रबाट २ सय ८३ जनालाई उद्धार गरिएको छ । उद्धारमा नेपाली सेनाको हेलिकप्टर पनि प्रयोग गरिएको एसएसपी खनालले जानकारी दिए । उनले भने, ‘हेलिप्कटरमार्फ दुईजनाको उद्धार गरिएको छ ।’
उद्धार कार्यमा ललितपुरमा ११ सय प्रहरी खटिएका छन् । थप मद्धत सहित ११ सय जनशक्ति परिचालन गरिएको एसएसपी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ