शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्रतिकुल मौसम

नेपाल–चीन सडक बिच्छेद :  बाढीले लार्चा र तिपिङका २ पुल बगायो

शनिबार, १२ असोज २०८१, १२ : ४७
शनिबार, १२ असोज २०८१

काठमाडौँ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गका २ पुल बाढीले बगाएको छ । बिहीबार रातिदेखिको अविरल बर्षाका कारण भोटेकोशी खोलामा आएको बाढीले भोटेकोशी गाउँपालिका लार्चामा रहेको बेलिबिज्र बगाएको छ । यस्तै तिपिङमा रहेको अर्को एउटा पुलपनि बगाएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले रातोपाटीलाई जानकारी दिए । 

अध्यक्ष शेर्पाले भने– ‘अरनिको राजमार्ग अन्तर्गत हाम्रो भोटेकोशी गाउँपालिकामा २ वटा पुल बगाएपछि सडक सम्बन्ध बिच्छेद भएको छ । बाढीका कारण खोला छेउका लार्चा, दश किलो, साँघु बजार जोखिममा परेको छ । जोखिमयुक्त ठाउँमा बासिन्दालाई सुरक्षित ठाउँमा जान भनेका छौँ ।’

अत्यधिक पानी, बाढी, पहिरोको कारण बिद्युत आपुर्तिमा पनि समस्या रहेको उनले बताए । बिद्युत नभएको र झरीका कारण सोलार सिष्टमले पनि काम नगरेका कारण नेपाल टेलिकमको टावरले काम नगर्दा टेलिफोन सेवा समेत प्रभावित भएको उनले बताए । यस्तै तातोपानीको सुख्खा बन्दरगाह पनि बाढीको जोखिममा परेको अध्यक्ष शेर्पाले जानकारी दिए । 

अरनिको राजमार्गमा बाढी पहिरोले सडक तथा पुलमा व्यापक क्षति पुर्‍याएका कारण दशैंका लागि चीनबाट नेपालमा सामग्री ल्याउन समस्या पर्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप