शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सुस्तामा पस्यो बाढी, दर्जनभन्दा बढी घर डुबानमा

शनिबार, १२ असोज २०८१, १२ : ४५
शनिबार, १२ असोज २०८१

परासी । नारायणी नदीको बाढी सुस्तामा पसेपछि सुस्ताको थारु टोलका दर्जन भन्दा बढी घर डुबानमा परेका छन् । नदीमा पानीको सतह बढेपछि सुस्ताको थारु टोलका करिब २० घर आंशिक डुबानमा परेको हो । 

अविरल वर्षाका कारण नारायणी नदीमा आएको ठुलो बाढीको पानी सुस्ताको पुर्वीउत्तर बाँधबाट ओभर फ्लो भई सुस्ता भूमिमा पसेको स्थानीय सद्दाम हुसैनले जानकारी दिए । 

 सुस्ता गाउँपालिका ५ को सुस्ता भूमिमा ३ वटा टोल छन् । बाढी थारु हुँदै सुस्ताको बडका टोल र सानो टोलमा पनि पसिरहेको छ । जसबाट सुस्ताका तिन वटै टोल डुबान हुने संकेत देखिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले बताए । 

सुस्तामा ३५० घरधुरी छ । नारायणी नदीले घेरिएको सुस्ता भुमी यतिबेला बाढीको चपेटामा छ । नदी र बाढीले घेरिएका सुस्ताबासी यस बेला कतै भाग्न लुक्न पाउने छैनन । नदीमा बाढीको पानी बढदै गएपछि सुस्ता पुरै गाउँनै डुब्ने खतरा रहेको प्रवक्ता जयसवालले भन्दै सुस्ताबासी बाढीबाट बच्न अग्लो स्थानमा सुरक्षित हुने बाहेक अरु कुनै विकल्प नरहेको जिकिर गरे । 

यता नदीमा बनेको झोलुङ्गे पुल नदीको पश्चिमी बाँधमा नजोडिएकाले यस बाढीका बेला सो पुलबाट सकरडिनही पक्लिहवाँ पुग्न समस्या उपत्नन भएको छ । पुल पश्चिम तर्फ नदीको बाँधबाट करिब १०० मिटर नदी क्षेत्रबाटै पुल चढने गरि बनाइएकाले उक्त खाली हाँेचो क्षेत्रमा पनि बाढी पसेकाले आवत जावतमा पनि समस्या भएको छ । यस बेला डुङ्गा त झनै जोखिम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप