राजनीति
रास्वपाले बोलायो आकस्मिक बैठक
शनिबार, १२ असोज २०८१, १२ : ४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । देशभर अविरल वर्षासँगै केही स्थानमा बाढी–पहिरोको घटना भएसँगै रास्वपाले शनिबार ३ बजेका लागि आकस्मिक बैठक बोलाएको हो ।
कार्यबाहक प्रवक्ता मनिष झाले केन्द्रीय समिति, संसदीय दल, प्रदेश समिति, जिल्ला समिति र र्यापिड एक्सन टिमको संयुक्त आकस्मिक जुम बैठक बोलाइएको बताए ।
अविरल वर्षाको कारण देशभरिको जोखिमपूर्ण अवस्थामा वस्तुस्थिति वारे जानकारी लिन र सक्रिय रूपमा उद्धारमा जुट्नको लागि आवश्यक छलफल गर्न यो बैठक बोलाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन
-
भिल्लासँगको हारपछि थप संकटमा सिटी
-
सामाजिक सञ्जालमा जथाभाबी लेख्न राप्रपाको अङ्कुश, केन्द्रीय समिति बैठक आह्वान
-
राप्रपा बैठकको १० बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)
-
उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति
-
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध