बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, कस्को हो बुलेट, जोखिम कति ?

काठमाडौँ । अविरल वर्षाका कारण खोलाले बगाएर मनोहरामा अड्किएको बुलेटमा ६ मेट्रिकटन ग्यास रहेको बताइएको छ । नेपाल आयल निगमका अनुसार सो बुलेटमा उक्त परिमाणमा ग्यास रहेको हो । निगमका निर्देशक मनोज ठाकुरका अनुसरा सामान्यतया बुलेटमा पूरा ग्यास हुँदा १८ देखि २० मेट्रिकटन तौल हुन्छ ।
उक्त बुलेट पशुपति अटो नामक कम्पनीको हो । यसले ग्यासबाट चल्ने गाडीहरुमा रिफ्युलिङको काम गर्दै आएको थियो । अविरल वर्षाले प्लान्ट नै बगाएपछि बुलेट समेत बगेको पाइएको नेपाल एलपी ग्यास संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए ।
बुलेटमा ग्यास कम भएको तथा खोलाको बीचमा भएका कारण धेरै जोखिम नरहेको अध्यक्ष घिमिरे बताउँछन् । तर, खोलाको बहाबले बुलेटलाई किनारा लगाइदियो भने यसले असर गर्नसक्ने उनको भनाइ छ ।
सिलिन्डरभित्र ग्यास चाप पानीको भन्दा बढी हुने भएकोले तौल पनि बढी हुन्छ । त्यसैले बुलेट तैरिँदैन । लिक भइरहेको ग्यास खोलाकै बीचबाट उडेर सकिए यसको जोखिम कम हुने घिमिरे बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक भएर बस्न नसक्ने सम्बन्ध टुटेकै राम्रो हुन्छ’
-
बेलायतमा नेपाली विद्यार्थी ठगिने क्रम जारी, दूतावासले गर्यो कारबाहीको पहल
-
स्कुटर चोरीमा संलग्न दुई जना पक्राउ
-
उपाधि होडबाट बाहिरियो साबिक विजेता बैंगलुरु
-
पूर्वराजा आज काठमाडौँ फर्किँदै, सुरक्षा व्यवस्था कडा
-
टोलीका डाक्टरको निधनपछि बार्साको खेल स्थगित