शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्रतिकुल मौसम

भक्तपुरमा पहिरोमा परेर गर्भवतीसहित ३ जनाको मृत्यु

शनिबार, १२ असोज २०८१, १२ : २७
शनिबार, १२ असोज २०८१

काठमाडौँ । भक्तपुरमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । जिल्लाको सुर्यविनायक नगरपालिका ९ पलासेमा अविरल वर्षापछि खसेको पहिरोमा परेर कालिकोट स्थायी घर सो ठाउँमा जग्गा भाडामा लिएर बसेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने २४ वर्षीय दमिला शाही (गर्भवती), उनी ४ वषीर्य छोरी प्रिया शाही र १४ वर्षीय मनिषा शाहीको मृत्यु भएको हो । 

अहिले घटनास्थलमा प्रहरीको सुरक्षा बेश ब्यासी भक्तपुरबाट सहायकप्रहरी निरीक्षक भुपालबिक्रम शाहको कमाण्डमा १० जनाको टोली खटिरहेको जनाइएको ।  तीनै जनाको शवको मुचुल्का उठाई पोष्टमार्टममा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

पहिरोले पुरेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले रातोपाटीलाई बताए ।  ४ वर्षीया प्रिया दमिलाकी छोरी हुन् । मनिषाचाहिँ दमिलाकी बहिनी हुन् । दमिलाका श्रीमान दुध किन्न गएको अवस्थामा पहिरो खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप