शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा र काठमाडौँ जोड्ने सडकको पहिरो पन्छाउँदै प्रहरी

शनिबार, १२ असोज २०८१, १० : ४८
शनिबार, १२ असोज २०८१

मकवानपुर । हेटौँडा र काठमाडौँ जोड्ने छोटो दुरीको सडक खुलाउन प्रहरी तैनाथ गरिएको छ । इलाका प्रहरी कार्यालय मातहतका प्रहरी प्रयोग गरी हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ तथा भीमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक खुलाउने प्रयत्न भइरहेको छ ।

जेसिबी र मेसिन प्रयोग गरेर ठुलो पहिरो पन्छाइँदै गरिएको र स–साना पहिरो प्रहरीले पन्छाइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी इन्चार्ज प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् । सो सडक खण्डको विभिन्न स्थानमा साना–साना पहिरो खसेको र मेसिन आउन समय लाग्ने भएकाले प्रहरीले नै पन्छाउने काम भइरहेको उनले बताइन् ।

उनका अनुसार भीमफेदी बजारबाट माथिल्लो क्षेत्र जुरीखेतको २ स्थानमा पहिरोसहित रुख ढलेकाले सवारी आवागमन नै ढप्प भएको थियो । उक्त पहिरोका कारण पहिरो झरेका क्षेत्र अवलोकनमा समेत जान कठिनाइ भइरहेको उनले बताइन् ।

सडकका साना पहिरो पन्छाउँदै पहिरो झरेका स्थान अवलोकन गरिरहेको उनको भनाई छ । ठुला पहिरोहरू हटाउन मेसिन बेलाएर सडक खुलाउने काम भइरहेको उनले बताइन् । सो सडक खण्डको फाखेल, सिस्नेरी क्षेत्रमा पहिरो खसेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप