शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कुसुन्तीमा बाढीको कारण ५० जना अलपत्र, ५ जनाको उद्धार

शनिबार, १२ असोज २०८१, १० : १४
शनिबार, १२ असोज २०८१

काठमाडौँ । ललितपुरको कुसुन्ती स्थित एउटा ग्यारेजमा बाढी पसेर ५० जना अलपत्र परेका छन् । उनीहरूको उद्धार गर्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । उनीहरू नख्खु खोलाको बाढीमा फसेका हुन् ।

अहिलेसम्म ५ जनाको उद्धार गरिएको प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले रातोपाटीलाई बताए । बाढीमा फसेकाहरू टहरामाथि र बसको छतमा चढेर उद्धार गर्न आग्रह गरिरहेका छन् । उद्धारका लागी  गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसप शैलेन्द थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप