शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

साफ यु–१७ : सेमिफाइनलका खेलहरू आज हुँदै

शनिबार, १२ असोज २०८१, ०९ : ५०
शनिबार, १२ असोज २०८१

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप फुटबल अन्तर्गत दुवै सेमिफाइनल खेलहरू  आज हुँदैछन् । 

भुटानको चाङ्लिमिथाङ रंगशालामा आज हुने पहिलो खेलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुनेछ ।  उता दोस्रो खेलमा पाकिस्तान र बङ्गलादेश आमने सामने हुने छन् ।

नेपाल समूह उप विजेताको रूपमा सेमिफाइनल पुग्दा भारत विजेताको हैसियतले सेमिफाइनल खेल्दै छ । भारतले समूह चरणमा बङ्गलादेश र माल्दिभ्सलाई पराजित गरेको थियो ।

यता, नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने श्रीलङ्कामाथि ४–० को एकतर्फी जीत दर्ता गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेलमा घरेलु टोली भुटानमाथि २–१ गोलको पुनरागमन जीत दर्ता गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले उपाधि जित्ने लक्ष्यका साथ भुटान आएको बताउँदै भारतविरुद्धको  सेमिफाइनल खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

यसैगरी कप्तान सुवास बमले नेपाली टिमले पहिलो खेलमा गरेको गल्तीमा सुधार गरेको बताउँदै भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्य रहेको बताए । टिममा सवै खेलाडी फिट भएकाले पनि फाइनल पुगेर उपाधि  जित्ने विश्वास व्यक्त गरे ।

नेपाल र भारतबिचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने छ ।

पाकिस्तान र बङ्गलादेशको खेल भने अपराह्न पौने ६ बजे हुने छ । आजका विजेताले उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्ने छन् । साफ यु–१७ मा घरेलु टोली भुटानसहित श्रीलङ्का र माल्दिभ्स पनि सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप