शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गर्‍यो

शनिबार, १२ असोज २०८१, ०९ : ४६
शनिबार, १२ असोज २०८१

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गरेको छ । 

शुक्रबार राति भएको खेलमा लिचेविरुद्ध ३–० गोलको एकतर्फी जीत दर्ता गर्दै तालिकामा ३ अंक थपेको हो । तालिकामा टोरिनो र एसी मिलान दुवैको समान ११ अंक भएको छ । मिलानले १ खेल बढी खेलेको छ ।

एसी मैदानले आफ्नै घरेलु मैदानमा पहिलो हाफको अन्त्यतिर आक्रामक खेल खेल्दै ३ गोल थपेको थियो । मिलानका अल्भारो मोराटा, थियो हर्नान्डेज र क्रिष्टियन पुलिसीले एक एक गोल गरे ।

३८ औँ मिनेटमा मोराटाले हर्नान्डेजको पासमा गोल गर्दै टिमको खाता खुलाएका थिए ।

४१ औंमिनेटमा हर्नान्डेजले राफेल लिओको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको २ मिनेटपछि पुलिसीले गोल गरेपछि एसी मिलान पहिलो हाफमा ३–० को अग्रतासहित सहज अवस्थामा पुगेको थियो । दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन नसक्दा एसिमिलान विजयी भयो । तर, ८० औँ मिनेटमा एसी मिलान १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा लिचेले लिन सकेन । ७५ औँ मिनेटमा हर्नान्डेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका डेभिड बार्तेसाघीले ८० औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्दा एसी मिलान १० खेलाडीमा समेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप