शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नख्खु खोलाले चार जनालाई बगायो

शनिबार, १२ असोज २०८१, ०९ : ३७
शनिबार, १२ असोज २०८१

ललितपुर । नख्खु खोलामा आएको बाढीले चार जनालाई बगाएको छ । सशस्त्र प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१४ नखिपोटको कान्तिपुर कोलोनीबाट ४ जनालाई बगाएको हो ।

बगाएर बेपत्ता हुनेमा दुई जना पुरुष, एक जना महिला र एक जना बच्चा रहेका छन् । प्रहरीले खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप