शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नौबिसेमा बस र दुई वटा साना सवारीसाधन पुरिए

शनिबार, १२ असोज २०८१, ०९ : १०
शनिबार, १२ असोज २०८१

काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिका स्थित नौबिसेमा पहिरो खसेर एउटा बस र दुई वटा साना सवारीसाधन पुरिएका छन् । 

पहिरो खसेर ३ वटा सवारी पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलावालले रातोपाटीलाई बताए ।

 उनले भने, ‘सवारी साधन पुरिएका छन्, मानवीय क्षति भएको छैन ।’ 

इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर सिताराम विष्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । पहिरो खस्नुअघि नै बस र अरु दुईवटा सवारीमा सवारी यात्रु झरेको इन्स्पेक्टर सिलवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप