सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
अविरल वर्षा

गण्डकीका मुख्य सडकहरू पहिरोले अवरुद्ध

शनिबार, १२ असोज २०८१, ०८ : ३९
शनिबार, १२ असोज २०८१

पोखरा । गण्डकी प्रदेश भित्रिने र बाहिरिने मुख्य सडकहरू अवरुद्ध भएका छन् । लगातारको वर्षाले पृथ्वी राजमार्ग, कालीगण्डकी राजमार्ग, बेनी जोमसोम र डुम्रे बेँसीशहर सडक ठप्प भएका हुन् ।  

पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरोले सडक अवरुद्ध गरेको छ । यस्तै, बन्दिपुर चिसापानीमा पनि पहिरोका कारण राजमार्ग अवरुद्ध गरेको छ । 

यता कालीगण्डकी राजमार्गको गैँडाकोट २ चिहान डाँडामा रूख ढलेर बाटो अवरुद्ध भएको छ भने सोही राजमार्गको बौदिकाली -३ जन्ती पहिरोमा पहिरो खसेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । 

यता, म्याग्दीको मालिका-६ बाङगेभिरमा पहिरो झर्दा बेनी-दरबाङ सडकखण्ड पूर्ण ठप्प छ । म्याग्दीकै रगुगंगा २ बैसरीमा पहिरोका कारण बेनी-जोमसोम सडक खण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।  

तनहुँको भानु १ रमाईलोडाँडामा पहिरोका कारण डुम्रे-बेशीसहर खण्ड अवरुद्ध भएको र पहिरो पन्छाउने काम भइरहेको  प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप