फोटो
डुब्यो कलंकी क्षेत्र, यस्तो छ मालपोत क्षेत्रको दृश्य
शनिबार, १२ असोज २०८१, ०८ : १८
_TXHdEWJ9Nn.jpg)
काठमाडौँ । राजधानीको कलंकी क्षेत्र डुबानमा परेको छ । अविरल वर्षासँगै कलंकी क्षेत्रमा डुबानको समस्या देखिएको हो ।
कलंकी मालपोत क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यसैगरी त्यहाँको प्रहरी कार्यालयसमेत डुबानमा परेको छ ।
वर्षाको पानीले सडक जलमग्न बनेको छ भने कतिपयको घरभित्रैसम्म पानी पसेको छ ।