अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले कम्पनीका भरतपुर र सुर्खेतको सबै उडान रद्द भएको बताए । उनले अहिलेसम्म भद्रपुर र पोखरा उडान नभएको बताए । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएका छैनन् । भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको जनाएको छ । शुक्रबार पनि आन्तरिक र बाध्य उडान प्रभावित भएका थिए ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
-
बबरमहलमा राप्रपाको प्रदर्शन
-
गभर्नर विवादसम्बन्धी रिट तेस्रो दिन पनि हेर्न नभ्याइने
-
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय