शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
अविरल वर्षा

अपडेट : खुर्कोट बजारस्थित सशस्त्रको बेसबाट हतियार सारियो

शनिबार, १२ असोज २०८१, ०६ : ५९
शनिबार, १२ असोज २०८१

काठमाडौँ । अविरल वर्षाका कारण सुनकोशीमा बढेको बहाव सिन्धुलीको खुर्कोट स्थित बजार क्षेत्रमा पसेको छ । 

खुर्कोटमा रहेको सशस्त्र प्रहरीको बेसमा बाढी पसेपछि त्यहाँबाट हतियार र बन्दोबस्तीका सामान सारिएको छ । सशस्त्रको क्याम्पबाट हतियार लगायतका सामान इलाका प्रहरी कार्यालयमा सारिएको सिन्धुलीका एसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए ।

गोलान्जोर गाउँपालिका–७ स्थित खुर्कोटको तल्ला बजारका प्रभावित घरहरूबाट सामान र मानिसहरूलाई अन्यत्र सार्ने काम भइरहेको एसपी काफ्लेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप