शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बाढीले खुकोर्ट बसपार्क डुबानमा, बीपी राजमार्ग अवरुद्ध

शनिबार, १२ असोज २०८१, ०६ : ३१
शनिबार, १२ असोज २०८१

काठमाडौँ । अविरल वर्षापछिको बाढीले सिन्धुलीको खुर्कोट बसपार्क डुबानमा परेको छ । बसपार्कसहित आसपासका घरहरुमा समेत पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

प्रहरीका अनुसार घरहरु डुबानमा परेपनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । सुनकोसीमा आएको भिषण बाढीका कारण  डुबानको समस्या आएको प्रहरीको भनाइ छ । 

बाढी र ठाउँठाउँको पहिरोका कारण बीपी राजमार्ग समेत अबरुद्ध बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप