अविरल वर्षा
यी नदीहरूमा बाढी, नारायणी र बागमती नदी तटीय क्षेत्रमा उच्च जोखिम
यी नदीहरूको जलसतह खतरा तह भन्दा माथि
शनिबार, १२ असोज २०८१, ०५ : २४

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हाल कोशी, बाग्मती, नारायणी, तिनाउ र यसका सहायक नदीहरू गरी १० नदीहरूमा जलसतह खतरा तह भन्दा माथि रहेको जनाएको छ ।
यस्तै २७ नदीहरूको जलसतहले खतरा तह पार गरेको महाशाखाले शनिबार बिहान जनाएको छ ।
बाग्मती नदी र काठमाडौँ उपत्यका भई बहने यसका सहायक नदीहरूमा हालको जलसतह खतरा तह भन्दा धेरै माथि रहेको छ ।
ती नदीहरूमा जलसतह थप बढ्ने पूर्वानुमान रहेकोले उपत्यका, मकवानपुर, सर्लाही र रौतहटको नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
साथै नारायणी नदी देवघाटको जलसतह हाल खतरा तह माथि रहेको र अझै बढ्ने देखिएकाले चितवन र नवलपरासी पूर्वको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राणा पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा
-
ज्ञानेन्द्रलाई काट्यो काठमाडौँ महानगरपालिकाले ८ वटा पत्र
-
एसएसएफबाट ५ वर्षमा १ अर्ब ८३ करोड भुक्तानी
-
ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
-
हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई
-
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान सुरु