शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा हेलेन नामक आँधीका कारण ३३ जनाको मृत्यु

शनिबार, १२ असोज २०८१, ०३ : १७
शनिबार, १२ असोज २०८१

काठमाडौँ । हेलेन नामको आँधीका कारण अमेरिकामा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

शुक्रबार फ्लोरिडा र अन्य धेरै दक्षिणपूर्वी राज्यहरूमा हेलेन नामको आँधीले ठूलो जनधनको क्षति गरेको छ ।

अधिकारीहरूले आँधीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको जनाएका छन् । यी क्षेत्रमा अझै धेरै क्षतिको सम्भावना कायमै रहेको उनीहरूको भनाइ छ । 

'फ्लोरिडामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । दक्षिण फ्लोरिडामा दुई फायर फाइटरहरूसहित १४ जनाको मृत्यु भएको छ भने छिमेकी जर्जियामा ११ जनाको मृत्यु भएको छ,' अधिकारीहरूले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप