सुडानको एल–फाशरमा भएको आक्रमणमा १८ जनाको मृत्यु

पोर्ट सुडान । सुडानको एल–फाशर शहरमा भएको अर्धसैनिक आक्रमणमा १८ जनाको मृत्यु भएको एक चिकित्सा स्रोतले शुक्रबार जनाएको छ ।
'हामीले हिजो राती अस्पतालमा १८ जना मृतक फेला पारेका हौँ, तीमध्ये केहीको जलेर र अरूलाई गम्भिर चोटपटक लागेर मृत्यु भएको छ,' एल–फाशर शिक्षण अस्पतालका एक स्रोतलाई उद्दृत गर्दै समाचार संस्थाहरूले लेखेका छन् ।
सुडानको दुर्दशा र विशेष गरी एल–फाशर शहर बारेयस हप्ता न्यूयोर्कमा संयुक्त राष्ट्र महासभामा छलफल भएको छ ।
'हामीले युद्धरत पक्षलाई एल–फाशर, खार्तूम र अन्य उच्च जोखिममा रहेका क्षेत्रमा मानवीय विरामहरू स्वीकार गर्न बाध्य पार्नै पर्छ,' संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले भनेका थिए ।
अर्धसैनिकहरूले मे महिनादेखि एल–फाशरलाई घेरा हालेका छन् ।सुडानको युद्धले दशौं हजार मानिसको ज्यान लिइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एल–फाशरमा भएको आक्रमणमा विशेष चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चारै प्रहर पूजा