शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा : भारतीय रेलमन्त्री

शनिबार, १२ असोज २०८१, ०० : १५
शनिबार, १२ असोज २०८१

नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैष्णवले शुक्रबार नजिकिँदै गरेको छठ पूजा र दिवालीको अवसरमा यात्राको सहजता सुनिश्चित गर्न देशभर कोच र विशेष ट्रेन सेवाहरू थप गर्ने घोषणा गरेका छन् ।

वैष्णवले भने, 'यस चाडपर्वको समयमा १०८ ट्रेनहरूमा जनरल कोच थप गरिएको छ । छठ पूजा र दिवालीको समयमा  १२ हजार ५००  विशेष ट्रेन सेवा प्रदान गरिनेछ । सन् २०२४–२५ मा आजसम्म कुल पाँच हजार ९७५ ट्रेनलाई अधिसूचित गरिएको छ । यसले एक करोडभन्दा बढी यात्रुहरूलाई सुविधा दिनेछ ।'

यसअघि सेप्टेम्बर २४ मा अश्विनी वैष्णवले राजस्थानको ‘कवच ४.०’ को निरीक्षण गर्नुभएको थियो ।  कवच  रेल दुर्घटना रोक्न डिजाइन गरिएको एक स्वचालित ट्रेन सुरक्षा प्रणाली हो । कवच ४.० भारतमा पहिलोपटक  माधोपुरबाट सुरु भएको छ । कवचले ट्रेनलाई खराब मौसममा सुरक्षित रूपमा चलाउन मद्दत गर्दछ ।

वैष्णवले शुक्रबार दिल्लीको हजरत निजामुद्दीन रेलवे स्टेशनमा भारत–नेपाल यात्राको लागि भारत गौरव ट्रेनको उद्घाटन गरेका हुन्। यसबाट पर्यटकहरूले भारत र नेपालले साझा गरेको समृद्ध सांस्कृतिक सम्पदाको अनुभव गर्न सक्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप