आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापान सरकारको आग्रह

टोकियो । इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।
जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानहरू तयार गर्ने निर्णय गरेको सरकारले शुक्रबार जनाएको छ । इजरायली बम विष्फोटले यस हप्ता लेबनानमा सयौं मानिसहरूको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ ।
'हामीले हाल लेबनानमा बसोबास गर्ने जापानी नागरिकको सुरक्षा अवस्था बुझिरहेका छौँ, साथै उनीहरूलाई नियमित व्यावसायिक उडानहरू सञ्चालनमा रहँदा देश छोड्न आग्रह गरिरहेका छौं,' मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले भने ।
यससँगै रक्षा मन्त्रालयले जापानी नागरिकहरूलाई क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानहरूलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको बताएको छ । 'टोकियो इजरायल र हेजबुल्लाहबिच तनाव बढेकोमा निकै चिन्तित छ,' जापानका विदेशमन्त्री योको कामिकावाले भनेकी थिइन् ।
'जापानले सबै पक्षहरूलाई थप तनावबाट बच्न अत्यधिक संयम अपनाउन दृढतापूर्वक आग्रह गर्दछ,' उनले भनिन् । इजरायलले लेबनानमा २१ दिने युद्धविरामका लागि सहयोगीहरूको दबाबलाई अस्वीकार गरेको छ र हेजबुल्लाह लडाकुहरूसँग लडाइँ जारी राख्ने वाचा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै