शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाबाट प्रधानमन्त्री ओलीको आग्रह : सबैले सुरक्षा सतर्कता अपनाउनुहोला

शुक्रबार, ११ असोज २०८१, २३ : ४१
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्रह गरेका हुन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको बताएका छन् । उनले भनेका छन्– ‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु ।

यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु। नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ। भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला ।’

प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो दुरीको यात्रामा समेत ननिस्किन सबैलाई आग्रह गरेका छन् । उनले सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई आपतकालीन उद्धारका लागि तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओली  संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप