रौतहटका नदीहरूमा जलसतह बढ्दै, सशस्त्र प्रहरीद्वारा माइकिङ
शुक्रबार, ११ असोज २०८१, २३ : १८

रौतहट । रौतहटका नदीहरूमा पानीको सतह बढ्दै गएपछि सशस्त्र प्रहरीले माइकिङ गरी सचेत गराउन थालेको छ । शुक्रवार अविरल वर्षा भएसँगै जिल्लाका नदीहरूको सतह पनि बढ्दै गएको छ ।
जिल्लाको पूर्वमा रहेको बागमती चाँदी झाँझ लगायत नदिखोलामा पानीको सतह बढेको हो । त्यस्तै पश्चिममा रहेको लालबकैया, धनसार लगायत नदीमा पनि पानीको सतह बढ्दै गएको देखिएको कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्। अध्यक्ष कुशवाहाका अनुसार कटहरिया ४ र ५ सँगै मौलापुर नगरपालिकाको केही वडामा लालबकैया नदीबाट कटानको जोखिम बढेको छ।
वर्षा अझै केही समय रहने भएकाले बागमती, लालबकैया लगायत नदीमा ठुलो बाढी आउने जोखिम रहेको छ। नदी किनारका बासिन्दाहरू बाढीको जोखिमबाट सचेत रहन आवश्यक रहेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित