शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्रतिकुल मौसम

सुपर त्रिशूली हाइड्रोपावरका ३ वटा टिपर र २ वटा स्काभेटर त्रिशूली नदीले बगायो

शुक्रबार, ११ असोज २०८१, २३ : ००
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । चितवनको ईच्छाकामना गाउँपालिका ३ र गोरखाको गण्डकी गाउँपालिका १ को सिमानामा पर्ने निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोगमा रहेका ३ वटा टिपर त्रिशूली नदीले बगाएको छ । शुक्रवार साँझ ७ : १५ मा ३ वटा टिपर त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको हो ।

साँझ सात बजे २ वटा र राति १० बजे एउटा गरी ३ वटा टिपर त्रिशुली नदीले बगाएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै राति १० बजे २ वटा स्काभेटर पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप