प्रतिकुल मौसम
खोकनास्थित बागमती र बाराको पसहा खोलाले खतराको तह पार गर्यो, ३ ठाउँमा चेतावनी
शुक्रबार, ११ असोज २०८१, २२ : ५०
_S9aWKfgcgn.jpg)
काठमाडौँ । लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । त्यस्तै बाराको पसाहा खोलामा पनि खतरा तह पार गरेको छ । शुक्रबार राति जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जारी गरेको मौसम बुलेटिनमा बागमती र बाराको महेशपुरस्थित पसाहा खोलामा बाढीको खतरा बढेको जनाइएको हो ।
बुलेटिनमा सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी, मकवानपुरस्थित बागमती र कपिलवस्तुस्थित कोइली नदीमा पनि बाढीको तह बढेको भन्दै चेतावानी दिइएको छ । शुक्रबार बिहानदेखि देशभर परेको अविरल वर्षाका कारण अन्य नदीहरुमा पनि जलसतह खतराको तह पार गरिरहेका खबर आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?