शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ब्रिटिस काउन्सिलको प्लाटिनम पार्टनर अवार्डबाट अर्बिट एमबीबीएस सम्मानित

शुक्रबार, ११ असोज २०८१, २२ : २६
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । अर्बिट मेडिकल इन्ट्रान्स (अर्बिट एमबीबीएस) सम्मानित भएको छ । संसारको शक्तिशाली ब्रान्ड ब्रिटिस काउन्सिलले प्रदान गर्ने आईईएलटीएसको सर्वाधिक ठुलो ‘बिजनेस पार्टनर अवार्ड–प्लाटिनम अवार्ड’ बाट सम्मानित भएको हो । 

काउन्सिलले शुक्रबार एक कार्यक्रम गरेर अर्बिटलाई यो अवार्ड दिएको हो । सन् २०२३ देखि सन् २०२४ सम्म ब्रिटिस काउन्सिललाई उत्कृष्ट सहकार्य गर्न सफल भएको भन्दै यो अवार्ड दिइएको जनाइएको छ । 

‘यस वर्ष पनि हामी संसारको शक्तिशाली ब्रान्ड ब्रिटिस काउन्सिलले प्रदान गर्ने आइएलटीएसको उत्कृष्ट व्यापारिक साझेदारीको मान्यताप्राप्त अवार्डबाट सम्मानित भएका छौँ,’ सञ्चालक सुनिल रेग्मीले भने– ‘यसको श्रेय समग्र हाम्रो टिमलाई जान्छ।’

उनले अर्बिट करोडमा नभई अब अर्बको यात्रामा रहेको भन्दै खुसी साटे । अर्बिटले एमबीबीएस, बीडीएस, नर्सिङ, बीएससी लगायत अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेष तयारी कक्षाको सेवा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप