शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

धादिङमा पहिरोमा पुरिएर २ जना वेपत्ता

शुक्रबार, ११ असोज २०८१, २२ : २०
शुक्रबार, ११ असोज २०८१

धादिङ । धादिङमा पहिरोमा पुरिएर २ जना वेपत्ता भएका छन् । माछा मार्ने खोलामा गएको अवस्थामा धादिङको गजुरी गाउँपालिका– २ मा पहिरोले पुरिएर २ जना वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार स्थानीय तापी खोलामा माछा मार्न गएका बखत वर्षा हुँदा ओढारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएका हुन् ।  शुक्रबार साँझ ५ बजेको समयमा तापी खोलामा माछा मार्ने क्रममा भएको वर्षा छल्न ओडारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । 

उनका अनुसार पहिरोमा परेर बेनिघाट रोराङ गाउँपालिका- ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्त चेपाङ रहेका छन् । पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खोजी तथा उद्धारमा खटिएपनि फेला पार्न नसकिएको उनले बताए । 

रात परेकाले आजका लागि खोजी कार्य स्थगित गरिएको र शनिबार बिहानै पुनः सुरु गरिने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप