शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

आन्दोलन जारी राख्ने  बारको  निर्णय

शुक्रबार, ११ असोज २०८१, २१ : ४८
शुक्रबार, ११ असोज २०८१

 काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली नसच्चाएसम्म आन्दोलनका कार्यक्रम यथावत् रहने बताएको छ। शुक्रवार विरोधकै बिचमा न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्ति गरेपछि बसेको बारको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको महासचिव अञ्जीता खनालले जानकारी दिइन् । 

बारले केही दिन अघि विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । बारले न्याय परिषद् नियमावली मार्फत कर्मचारीबाट न्यायाधीश भएकाहरूलाई बरीयतामा अगाडी राखेको भन्दै विरोध गर्दै आएको छ। बारको आन्दोलनपछि  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रैष्ठले कार्यदल पनि गठन गरेका थिए । वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्य कार्यदल गठन भएको थियो ।

उक्त कार्यदलमा बारका तर्फबाट अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव खनाल रहेका थिए भने परिषदबाट रामप्रसाद भण्डारी र सचिव यमबहादुर मुढामगर थिए । समितिले फरक फरक प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन पछि प्रधान न्यायाधीश श्रेष्ठले परिषद्को बैठक राखेर सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । 

उक्त सिफारिसको विरोध गर्दै बारले आन्दोलनका कार्यक्रम यथावत् रहेको भनी आफ्ना सदस्यहरूलाई जानकारी गराएको हो । बारले कस्तो आन्दोलन गर्छ अब आइतबार देखिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप