शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि ५ जना सर्टलिष्टमा

शुक्रबार, ११ असोज २०८१, २१ : १७
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि ५ जना सर्टलिष्टमा परेका छन् । डिन छनौट समितिले आवेदन दिएकाहरूमध्ये ५ जनाको नाम वर्णानुक्रमानुसार सर्टलिष्ट गरेको हो ।

अब उनीहरूलाई असोज १३ गते बिहान ८ बजेदेखि प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको छ । डिनका लागि १३ जनाले आवेदन दिएका थिए । सर्टलिष्टमा पर्नेहरूमा प्राडा अभिमन्यू झा, प्राडा उत्तमकुष्ण श्रेष्ठ, प्राडा दिव्या सिंह शाह, प्राडा मोहनराज शर्मा र प्राडा सुधा बस्नेत रहेका छन् ।

डिनका लागि आवेदन दिनेहरूमा यी पाँचजना बाहेक प्राडा रमेशसिंह भण्डारी, प्राडा निर्जु रन्जित, प्राडा दिनेश काफ्ले, प्राडा रामचन्द्र अधिकारी, प्राडा मिता राणा, प्राडा ज्योतीवावा श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा रत्नमणि गजुरेलले आवेदन दिएका थिए ।

सर्टलिष्टमा परेकी प्राडा शाह हालकी निमित्त डिन हुन् । उनको कार्यकाल गत साउनमै सकिएको थियो । त्यसपछि त्रिविले उनलाई नै निमित्त डिनको जिम्मेवारी दिएको थियो ।

सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ बमोजिम संस्थानको डिन पदका लागि आवेदन दिन आह्वान गरेको थियो । विनियमको परिच्छेद २ मा डिन पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी व्यवस्था छ ।

जसमा त्रिवि कार्यकारी परिषद्बाट गठन गरिने संयोजक र अन्य २ जना प्राध्यापक वा सहप्राध्यापक सदस्य रहेको समितिले डिनका लागि सिफारिस गर्ने उल्लेख छ । उक्त समितिले तीन जनाको नाम कार्यकारी परिषदमा पेस गर्ने व्यवस्था छ ।

tu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप