अखिल क्रान्तिकारीले शैक्षिक विकृति र भ्रष्टाचारका विरुद्धमा उभिन सक्ने नेतृत्व छान्नुपर्छ : सरल सहयात्री

काठमाडौँ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा भ्रष्टाचारका विरुद्धमा उभिन सक्ने नैतिकवान व्यक्ति आउनुपर्नेमा जोड दिएका छन् ।
अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयनको रस्साकस्सी भइरहेको बेला उनले यस्तो बताएका हुन् ।
‘विद्यार्थीले गौरव गर्न सक्ने, शैक्षिक विकृति र भ्रष्टाचारका विरुद्धमा उभिन सक्ने नैतिकवान एवं सृजनात्मक व्यक्तिलाई नेतृत्व छनौट गरोस्’, उनले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
पार्टीको भविष्य लामो रहेको र यसलाई धेरै टाढासम्म लैजानका लागि निष्कलङ्क नेतृत्व चाहिने उनको भनाइ छ ।
उनले जो अखिल क्रान्तिकारी हो उसले आफैँलाई धोका दिन नहुनेप्रति सचेत गराउँदै अखिल क्रान्तिकारीले आफ्नो सङ्गठनको क्रान्तिकारी ऊर्जाको बारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
‘व्यक्तिका सवाल सम्पूर्ण सत्य हुँदैनन् । तर अखिल क्रान्तिकारीको हकमा रेगुलर विद्यार्थी जो हो त्यही विद्यार्थीको नेता हुनुपर्छ, यही आजको सत्य हो’, उनको भनाइ छ, ‘यो वाक्यप्रति माफ गर्नुहोला कि विद्यार्थीको बाआमाले पार्टीमा काम गर्नुपर्छ र विद्यार्थी संगठनमा छोराछोरी र भाइ बहिनीलाई ठाउँ दिनुपर्छ ।’
उनले बन्द सत्रले उमेरहद बढीमा ३२ र रेगुलर अध्ययनरत विद्यार्थीलाई सङ्गठनात्मक प्रक्रियामा सहभागी हुने प्रावधान विधानमा समावेश गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
यसैबिच अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा ३२ वर्षभन्दा माथिबाट नेतृत्व नल्याउन नहुनेमा चर्को आवाज उठेको छ । विधानमै स्पष्ट व्यवस्था गरेर ३२ वर्षमुनिकाबाट नेतृत्व ल्याउनुपर्नेमा व्यापक बहस भएको एक प्रतिनिधिले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्रखरी कर्पोरेट गल्फको प्रमुख प्रायोजक ‘एनसेल फर बिजनेस’
-
श्रीमानसँग अलग्गिँदैछिन् ‘स्वीट होम’ की अभिनेत्री ली सि योङ
-
सहकारी प्रतिस्थापन विधेयक ः पुरानो विवाद सल्टियो, नयाँ थपियो
-
नाइट क्लबमा आगलागीपछि उत्तरी म्यासेडोनियामा १५ जना पक्राउ
-
ब्रो काउलीमा विषादी फेला
-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– ‘म्याराडोना सर्वकालीन महान् फुटबलर हुन्’