सिन्धुलीमा ३१ जना शिक्षक र विद्यार्थी बढीमा फसे

सिन्धुली । सिन्धुलीको दुम्जामा ३१ जना बढीमा फसेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण रोशी र सुनकोशी नदीबिचमा ३१ जना शिक्षक र विद्यार्थी फसेका हुन् ।
बाढीमा ३ शिक्षक र २८ विद्यार्थीसहित ३१ जना फसेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मन्दिरको पछाडिबाट बगेको सुनकोशी नदी र अगाडि बगेको रोशी खोलामा बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार दुईतर्फ खोलाले घेरिएको टापु जस्तै स्थानमा रहेको मन्दिरमा रहेको गुरुकुलमा अध्ययनका लागि बसेका उनीहरू बाढीमा फसेका हुन् । उक्त स्थान सुरक्षित रहेको र उच्च सतर्कताका साथ निगरानीमा राखिएको प्रजिअ शर्माले बताए ।
‘खोलाले घेरिएको टापु जस्तै स्थानमा केही विद्यार्थी र शिक्षक तथा मन्दिरका पुजारी रहेका छन् । त्यो स्थान बगाउने सम्भावना छैन । हालसम्म पानीको तहले भेटेको अवस्था पनि होइन । तर पनि सतर्कता अपनाएर सुरक्षा निकाय परिचालन गरिएको छ,’ उनले भने ।
तत्काल उद्धार गर्ने अवस्था नरहेको उनले बताए । शिक्षक र विद्यार्थी मन्दिरमा सुरक्षित रहेको र निरन्तर सम्पर्क भइरहेकोले पानीको सतह बढ्दै गएमा हेलीकप्टरबाट उद्धार गर्न समन्वय गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैत्र ७ गतदेखि
-
ब्रेकअपको हल्लाबिच तमन्नाले विजयको कोट लगाएपछि...
-
सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीहरूलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण
-
संशोधनकर्ता दोङ छलफलमा अनुपस्थित
-
रामेछाप लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना, ८ जना घाइते
-
इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउन पहल गर्न माग