प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज साँझदेखि भोलि विहान ६ बजेसम्मका लागि उडान स्थगित गरिएको जानकारी दिए । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।
विगत १५ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ अधिकांश विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामोसमय होल्ड भएर अवतरण गरेका थिए । क्यानका अनुसार हाल आन्तरिकतर्फ विहान ६ बजेदेखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित