शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

टिपर र एक्साभेटर त्रिशूली नदीको बिच भागमा फसे

शुक्रबार, ११ असोज २०८१, २० : १७
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । टिपर र एक्साभेटर त्रिशूली नदीको बिच भागमा फसेका छन् । 

सुपर त्रिशूली आयोजनाका ३ वटा टिपर र ३ वटा एक्साभेटर त्रिशूली नदीको बिच भागमा फसे प्रहरीले जनाएको छ । 

गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा त्रिशूली नदीलाई दुई भंगालो बनाएर भएको टापुमा टिपर र एक्साभेटर फसेको प्रहरीको भनाइ छ । 

दुई दिनदेखिको वर्षाका कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले सवारीसाधन निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप