शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

बागमती नदीले ‘खतरा’को तह पार गर्‍यो

शुक्रबार, ११ असोज २०८१, १९ : ५६
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । शुक्रबार साँझ ७ः३५ बजेसम्म पानीको तह ५ दशमलव ०८ मिटर बढेर खतराको तह पार गरेको हो । 

नदीको तल्लो तटीय क्षेत्रमा सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।    

देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै अन्य नदीमा पनि बाढी खतराको तहमा पुगेको विभागले जनाएको छ । 

bb

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप