अखिल क्रान्तिकारीको आजको बन्दसत्र सकियो, भोलि ८ बजेदेखि विधान र प्रतिवेदनमाथि छलफल हुने
_cXsKQIuodh.jpg)
काठमाडौँ । अनेरास्ववियु (अखिल क्रान्तिकारी)को आज (शुक्रबार)को बन्दसत्र सकिएको छ । निवर्तमान अध्यक्ष पञ्चा सिंहले प्रतिवेदन र विधान पेस गरेपछि बन्दसत्र स्थगित भएको हो ।
शनिबार (भोलि) बिहान ८ बजेदेखि सुरु हुने उपाध्यक्ष मदन भुलले जानकारी दिए । झण्डै सात घण्टा ढिलो गरी सुरु भएको बन्दसत्रमा सिंह नेतृत्वको पुरानो केन्द्रीय समिति भंग गरी वीरबहादुर थापाको नेतृत्वमा सात सदस्य अध्यक्षमण्डल गठन गरेको थियो ।
यसैगरी ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो । पूर्वमहान्यायाधिवक्ता तथा पार्टी केन्द्रीय सदस्य मुक्ति नारायण प्रधानको नेतृत्वमा १७ सदस्यीय निर्वाचन आयोग गठन गरेको थियो ।
उपाध्यक्ष भुलका अनुसार प्रतिवेदन र विधानमाथि छलफल गर्न भोलि १० वटा समूह बनाउने र आएका प्रश्नको जवाफ दिए संशोधनसहित अनुमोदन गर्नेछ । विधान पारित भएलगत्तै नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त
-
तिनकुने प्रदर्शनमा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय
-
मैदान प्रवेशमा रोक लगाइएपछि एमएलएससँग रिसाए मेस्सीका अंगरक्षक चेउको
-
पिठो तथा इन्धन अभावमा गाजाका बेकरी बन्द
-
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !