शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
प्रतिकुल मौसम

बाढी, पहिरोले कोशीमा कहाँ–कहाँ गर्‍यो क्षति ?

शुक्रबार, ११ असोज २०८१, १८ : ०५
शुक्रबार, ११ असोज २०८१

विराटनगर । वर्षाको कारण कोशी प्रदेशका कैयौँ स्थानका सर्वसाधारण समस्यामा परेका छन् । बाढी, पहिरोका कारण कतिपय स्थानमा बाटो अवरुद्ध भएको छ भने कतिपय स्थानहरू डुबानमा परेका छन् । विराटनगर विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । 

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार साढे २ बजे इलामको सूर्योदय नगरपालिका १० फिक्कलस्थित पशुपतिनगर–फिक्कल रोड पहिरोका कारण अवरुद्ध भएको छ । उक्त सडकको ३० मिटरसम्म रुखहरूसहितको पहिरो झरेपछि बाटो पूर्णरुपमा अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सवारी साधनहरू वैकल्पिक बाटोबाट आवत–जावत भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै अविरल वर्षाको कारण बिहीबार तेह्रथुमको आठाराई ५ मा पहिरोले पुरिएर केही चौपाया मरेका छन् । झापाको शिवसताक्षी १० नम्बर वडामा कन्काई खोलाले कटान सुरु गरेको र २ घर परिवार जोखिममा रहेको प्रहरीले जनाएको छ । यस्तै शिवसताक्षी ७ नम्रबमै दुई दर्जन घरहरूमा खोलाको पानी पसेर डुबान भएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार पाँचथर, इलाम, धनकुटा, सुनसरी र खोटाङका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध भएका छन् । 

हेर्नुहोस् विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप