कुलेखानी बाँध भरिन लाग्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन अपिल

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेकोले सचेत रहन गृह मन्त्रालयले आग्रह गरेको छ । कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले जनाएका छन् ।
उनले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू र स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न आग्रह गरेका छन् ।
यस्तै सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत सुरक्षित स्थानको पूर्व तयारी गर्न अनुरोध गरेका छन् । बिहीबार रातीदेखिको अविरल वर्षाका कारण ड्याम तथा नदीहरूमा जलसतह ह्वात्तै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
कांग्रेस फकाउँदै ओली, गगन–शेखरको ‘प्रेसर’ देउवालाई भारी
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’