शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सम्मेलन

अखिल क्रान्तिकारीको केन्द्रीय समिति भंग, सात सदस्यीय अध्यक्षमण्डल गठन

३३ पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव
शुक्रबार, ११ असोज २०८१, १६ : ५३
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले अध्यक्ष पञ्चासिंह नेतृत्वको केन्द्रीय समिति भंग गरी अध्यक्ष मण्डल गठन गरेको छ । शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको बन्द सत्रले निवर्तमान समिति भंग गरी सात सदस्यीय अध्यक्षमण्डल गठन गरेको निवर्तमान उपाध्यक्ष पवन कार्कीले रातोपाटीलाई जानकारी दिए ।

यसैगरी ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ । पूर्वमहान्यायधीवक्ता तथा पार्टी केन्द्रीय सदस्य मुक्ति नारायण प्रधानको नेतृत्वमा १७ सदस्यीय निर्वाचन आयोग गठन गरेको कार्कीले जानकारी दिए ।

अध्यक्ष मण्डलमा चन्द्र माङवो, अर्जुन पौडेल, श्रीदीप गुरुङ, मानसिंह शाही, वीरबहादुर थापा, पुष्कर शर्मा र खिमा शाही रहेका छन् । यसको अध्यक्ष थापा रहेको कार्कीले जानकारी दिए । यसैगरी पूर्वमहान्यायधिवक्ता तथा पार्टी केन्द्रीय सदस्य मुक्तिनारायण प्रधानको नेतृत्वमा १७ सदस्यीय निर्वाचन आयोग गठन भएको छ । यस्तै प्रस्तावित विधानअनुसार ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको उनले जानकारी दिए ।

जसमा एक अध्यक्ष, ९ उपाध्यक्ष, चार खुला, ५ समावेशी, एक महासचिव, भूगोल अन्तर्गतको क्लस्टरबाट ९ जना उपमहासचिव, १२ जना सचिवमा चार खुला, ८ समावेशी र एक कोषाध्यक्ष रहेको छ । यस्तै तीनवटा केन्द्रीय निकाय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका अध्यक्ष उपाध्यक्ष सरह हुने व्यवस्था रहेको छ ।

आयोगको उपाध्यक्ष उमहासचिव सरह र आयोगका सचिव केन्द्रीय समितिका सचिव सरह हुने व्यवस्था छ । प्रत्येक आयोग १३ सदस्य बन्नेछन् । प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा प्रत्येक प्रदेशबाट ५/५ जना सचिवालय सदस्य निर्वाचित हुनेछन् । 

कार्कीका अनुसार निवर्तमान अध्यक्ष सिंहले प्रतिवेदन तथा विधान पेस गरेपछि छलफलका लागि १० वटा समूह गठन हुनेछ । समूहगत छलफलबाट आएका धारणा समूह नेताले निष्कर्ष सुनाएपछि शनिबार उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । 

‘ग्रुप विभाजन हुन्छ । समूह विभाजन भौगोलिक ७, विश्वविद्यालय २ र उपत्यका विशेष गरी १० वटा समूह बनेको छ । प्रतिवेदन र विधानमाथि छलफल भएपछि भोलि त्यसमा आएको जवाफको प्रश्न दिने कार्यसूची रहेको छ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप