शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

उखु र दुध किसानको बक्यौता तिर्न २ अर्ब निकासा

शुक्रबार, ११ असोज २०८१, १६ : २२
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । सरकारले दुध र उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दुध र उखु किसानका लागि कुल दुई अर्ब रुपैयाँ भन्दा बढी रकम निकासा भएको जानकारी दिए । 

उक्त रकम तिर्नका लागि शुक्रबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको । यससँगै आठ जिल्लाका उखु किसानले पाउनु पर्ने १ अर्ब ४५ करोड बढी  रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ । 

त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबार नै  सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको मन्त्रालयले जनाएको छ । 

जसअनुसार कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले सो रकम पाउनेछन् ।  रकम निकासासँगै उखु किसानले अनुदान बापत पाउनु पर्ने रकम दसैँ अघि नै पाउने भएका छन् ।  

त्यस्तै, मन्त्रिपरिषद् भदौ २० गते दुध विकास संस्थान (डिडीसी)लाई दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो । उक्त रकम पनि सम्बन्धी दुध किसानको हातमा पुग्ने गरी सम्पूर्ण प्रक्रिया पुरा भएको डिडीसीका प्रमुख सूर्य पाण्डेले जानकारी दिए । 

‘मन्त्रीज्यूको दुध किसानहरूले जसरी पनि दसैँ अघि बक्यौता रकम हातमा पुग्नु पर्छ भन्ने चाहना अनुसार काम भएको छ,’ पाण्डेले भने,‘अब प्रक्रिया पुरा भएको छ । सरकारले डिडीसीलाई ऋण बापत दिएको ६० करोड रुपैयाँ वितरण सुरु हुन्छ । दसैँ अघि नै सबै किसानले रकम पाउनु हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप