शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी ठगी प्रकरण

सहकारी ठगीमा संलग्न मेयर नेपाली भारतबाट पक्राउ

शुक्रबार, ११ असोज २०८१, १६ : १९
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । 

प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार पक्राउ गरेको सीआईबीले पुष्टि गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआईबी) प्रमुख एआइजी दीपक थापाले नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको भन्दै उनलाई पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको बताए । 

नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै  बागलुङ जिल्ला अदालतमा मुद्दा परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप