एभरेष्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् अमेरिकी खेलाडी ग्याब्रियल बेन्डा

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बात्सल्य एभरेष्ट महिला भलिबल लिग खेल्न अमेरिकी खेलाडी ग्याब्रियल बेन्डा शुक्रबार नेपाल आइपुगेकी छन् । उनले कर्णाली यश्विजबाट एभरेष्ट महिला भलिबल लिग खेल्नेछिन् ।
प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ । ग्याब्रियललाई स्वागत गर्न कर्णाली यश्विज टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । ग्याब्रियललाई केही समय अघिमात्र कर्णाली यश्विजले आफ्नो टोलीमा अनुबन्ध गरेको थियो ।
यसअघि बिहीबार कर्णाली यश्विजकी अर्की विदेशी खेलाडी टर्कीकी जेनेप आउटर्यान नेपाल आइपुगेकी थिइन् । ग्याब्रियल अमेरिकाको घरेलु लिगमा परिचित खेलाडी हुन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी पनि हुन् । उनले राष्ट्रियस्तरको थुप्रै प्रतियोगिता खेलिसकेकी छन् ।
आफ्नो प्रभावशाली खेल क्षमताका लागि परिचित ग्याब्रियलले धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा अमेरिकी राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेकी छन् । ग्याब्रियलले कर्णाली यश्विज टोलीमा जोडिन पाउँदा र पहिलो पटक नेपालमा आयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिग खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘नेपालजस्तो सुन्दर देशमा भलिबल खेल्न पाउनु मेरा लागि गौरवको विषय हो,’ उनले भनेकी छन् ।
महिला भलिबल लिगमा ६ वटा टोलीको सहभागितामा रहने छ । कर्णाली यश्विजको प्रमुख प्रशिक्षकमा कुमार राई रहेका छन् । उनी न्यू डाइमन्ड युथ स्पोटर्स क्लबका अध्यक्षसमेत हुन् । कर्णाली यश्विजमा आबद्ध अन्य खेलाडीमा सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी