सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एमाले)ले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
शुक्रबार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
एमालेले सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गरिएको भट्टराईले जानकारी दिए ।
साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गएको जनाए ।
ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ध्यानाकर्षण गराएर सरकारलाई घच्घच्याउने प्रयास सकारात्मक रहेको बताए । उनले चाडपर्वका अवसरमा सरकारले नागरिकलाई दिनुपर्ने सेवामा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर