एक वर्षमा एक लाखभन्दा बढीले गराए सुरक्षित गर्भपतन
शुक्रबार, ११ असोज २०८१, १५ : २८

काठमाडौँ । नेपालमा एक वर्षमा एक लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका छन् । सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ५ हजार ९८ जनाले गर्भपतन गराएका हुन् ।
यसमध्ये औषधिबाट गर्भपतन गराउनेको संख्या ७५ हजार ९७८ जना रहेका छन् । २० वर्ष मुनिका ४ हजार ६२८ जनाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ७१ हजार ३५० जनाले गर्भपतन गराएको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औजारद्वारा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या २९ हजार १२० जना छन् ।
यसमध्ये २० वर्ष मुनिका २ हजार २७३ जना र २० वर्षमाथिका २६ हजार ८४७ जनाले सुरक्षित गर्भपतनको सेवा लिएको मन्त्रालयले जनाएको छ ।