शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
एएफसी यू–२० एसियन कप छनोट

बहराइनसँग हारेपछि नेपालको अगाडि बढ्ने सम्भावना समाप्त

शुक्रबार, ११ असोज २०८१, १५ : १०
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । ‘एएफसी यू–२० एसियन कप–२०२५ क्वालिफायर’ अन्तर्गत शुक्रबार खेलिएको आफ्नो चौथो खेलमा नेपाली टोली पराजित भएको छ । चाइनिज ताइपेइमा खेलिएको उक्त खेलमा बहराइनले नेपाललाई ४–० गोलले हराएको हो ।

हारसँगै नेपाली टोलीको अगाडि बढ्ने सम्भावना पनि समाप्त भएको छ । जारी छनोट प्रतियोगितामा नेपालले चारमध्ये एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो । नेपाली टोली आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाली टोलीले आयोजक चाइनिज ताइपेइलाई ३–१ गोलले हराएको थियो । उक्त खेलमा नेपालका लागि समिर तामाङले ह्याट्रिक गरेका थिए । तेस्रो खेलमा भने उज्बेकिस्तानले नेपाललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल र बहराइन समूह ‘बी’ मा रहेका छन् । त्यो समूहमा दुई खेलबाट ६ अंक बटुलेको उज्बेकिस्तान पहिलो, तीन खेलबाट ६ अंक जोडेको कम्बोडिया दोस्रो, तीन खेलबाट ६ अंक हात पारेको बहराइन तेस्रो, चार खेलबाट तीन अंक बटुलेको नेपाल चौथो र दुबै खेलमा पराजित भएको चाइनिज ताइपेइ पाँचौँ स्थानमा छन् । नेपालवाहेक अन्य टोलीको अगाडि बढ्ने सम्भावना जिवितै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप