शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

‘झिल्को’ ले ल्यायो फस्टलुक, फिल्म पुसमा रिलिज हुने

शुक्रबार, ११ असोज २०८१, १४ : ५०
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । स्वदेश तथा विदेशमा चर्चा बटुल्न सफल हिट ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईको निर्देशन रहेको फिल्म ‘झिल्को ः द स्पार्क’ को फस्टलुक सार्वजनिक गरिएको छ । शुक्रबार फष्टलुक्सको रुपमा फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले फिल्मको रिलिज मिति आगामी पुस ५ गते समेत जानकारी दिएका छन् । 

फष्टलुक्समा सुनिल पोखरेल, वर्षा शिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको पोस्टरले सङ्केत गर्छ ।

‘‘झोला’ र ‘भोर’ पछिको मेरो ‘झिल्को : द स्पार्क’ तेस्रो फिल्म हो’, निर्देशक भट्टराईले भने– ‘झिल्को’ को कथा आजको हो ।’ आजको समाज डिजिटल समाजका रुपमा निर्माण भैसकेको छ । डिजिटल युगमा प्रवेश गरिरहेका र बाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौँ ? भन्ने प्रश्न फिल्मले गर्ने उनले बताए । 

‘झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराई सही अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन् । फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन तथा चण्डीप्रसाद काफ्ले दीपक शर्माको सङ्गीत छ । निमेश श्रेष्ठले सम्पादन गरेको फिल्मका निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् । 

जनता प्रसारण तथा प्रकाशन प्रालिको निर्माण सहयोग रहेको फिल्मको नेपाल वितरक डीएसएन नेपाल र अमेरिका तथा क्यानडा वितरकको जिम्मा इपिक इन्टरटेन्मेन्टले लिएको छ । 

फिल्ममा सुनिल पोखरेल, वर्षा शिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल, पवन मैनाली र आयुषी ढकाल लगायत कलाकारको अभिनय छ । रङ्गकर्मी सुनिलले १३ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा कमब्याक गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप