शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीले माछा बिक्री वितरण गर्न नदिएपछि  व्यवसायी प्रभावित

शुक्रबार, ११ असोज २०८१, १४ : ३२
शुक्रबार, ११ असोज २०८१

धनगढी । साइकल तथा मोटरसाइकलमा राखेर माछा बिक्री वितरणमा प्रहरीले अवरोध गरेपछि कैलाली जिल्लास्थित माछा व्यवसायी प्रभावित भएका छन् ।

प्रहरीले विभिन्न कानुनी प्रावधान देखाएर साइकल तथा मोटरसाइकलको पछाडि क्यारेटमा माछा राखेर बिक्री वितरण गर्न दिएपछि व्यवसायी प्रभावित भएका हुन् ।

माछा व्यवसायी संघ कैलालीका अध्यक्ष रामप्रसाद चौधरीले आफूहरू दशकौँदेखि माछा उत्पादक किसानको पोखरीबाट उपभोक्तासम्म पुर्‍याउँदै आएको बताउँदै सो कार्यमा प्रहरीले रोक लगाउने, जरिवाना लिने जस्ता कार्य गर्दै आएको दुखेसो सुनाए । देशमा व्याप्त बेरोजगारीका कारण आफूहरूको पेसा नै माछा बिक्री वितरण गर्ने र यही पेसाबाटै जीविका चलाउँदै आएकाले प्रहरीको अवरोधले आफूहरूको रोजीरोटीमै धक्का पुगेको उनको भनाइ छ ।

यसैबिच ट्राफिक प्रहरीले निरन्तर दुःख दिइरहेको बताउँदै उनीहरूले शुक्रबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको ध्यानाकर्षण गराएका छन् । उनीहरूले साइकल तथा मोटरसाइकलमा राखेर निर्बाध रूपमा माछा बिक्री वितरण गर्न पाउनुपर्ने माग राखेका हुन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सुरज बहादुर खड्काले साइकलमा भन्दा मोटरसाइकल सवारी प्रायोजनको लागि रहेकोले कानुन अनुसार त्यसमा मालसामान राखेर बिक्री गर्न नपाइने बताए । माछा व्यवसायीहरूसँग पनि आफूहरूको छलफल जारी रहेको बताउँदै व्यवहारिक पक्षबारे आफूहरू लचकदार रहेको प्रहरी निरीक्षक खड्काको भनाइ छ ।

p1p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप