बारको विरोधका बिच सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो। यद्यपि न्यायाधीश सिफारिस विवादमुक्त भने हुन सकेको छैन ।
न्याय परिषद्ले बैठक राखेसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको थियो । आफूहरुको माग सम्बोधन बिनै सिफारिस गरिएको भन्दै बार आक्रोशित बनेको छ।
बारले यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन गरेर मात्रै न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै आएको छ । हाल सर्वोच्चमा चार जना रिक्त रहेको छ भने निकट भविष्यमा दुई पद रिक्त हुँदैछ।
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुङ्गानाले अवकाश पाउँदै छन् । परिषद्ले उनीहरूको पदमा पनि सिफारिस गर्ने निष्कर्ष निकालेको थियो । परिषद् उच्च स्रोतका अनुसार सर्वोच्चको हकमा सिफारिस भएको छ । सङ्ख्या अहिले खुलाउन नमिल्ने बताएको छ। परिषद्ले केही बेरमा औपचारिक जानकारी दिने र त्यसमा नाम र सङ्ख्या खुल्ने भन्दै उच्च स्रोतले सर्वोच्चको हकमा रिक्त न्यायाधीश सिफारिस भएको जानकारी दिएको हो ।
बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध स्वरूप परिषद् घेराउ गर्दै धर्ना दिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गैरसंवैधानिक रुपमा बलजफती न्यायाधीश नियुक्तिको कोसिस भएको भन्दै विरोध भएको थियो ।
अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले परिषद्को बैठक बोलाएर नाममै छलफल थालेपछि बारले नाराबाजीसहित धर्ना सुरु गरेको हाे । परिषद्ले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिको तयारी गरेपछि बारले न्याय परिषद् नियमावलीलाई लिएर विरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित