प्रतिकुल मौसम
चीनको ग्वाङझाउबाट काठमाडौँ आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’
शुक्रबार, ११ असोज २०८१, १३ : ३२

काठमाडौँ । चीनको ग्वाङझाउबाट काठमाडौँ आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’ भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुकूल नहुँदा चाइना साउदर्न एयरलाइन्सको विमान सर्लाहीको नजिकै पर्ने भारतीय क्षेत्रमा ‘होल्ड’ भएको हो ।
अर्कोतिर बैंककबाट काठमाडौँ आउँदै गरेको थाइ एयरवेजको विमान पनि बारा जिल्लातिर ‘होल्ड’ भएको छ । उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारी भए पनि ‘मिस एप्रोच’ भएर फर्किएको हो ।
यस्तै, भारतको नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि बाराकै आकाशमा लामो समयदेखि ‘होल्ड’ भएको छ ।
अपडेट : होल्ड भएका सबै जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि पक्राउ प्रकरण : मानव अधिकार आयोग जाँदै रास्वपा
-
मुम्बईलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने धुनमा बेंगलुरु
-
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
चर्चित अस्ट्रेलियन महिला क्रिकेटर एस्ले गार्डनरले प्रेमिका मोनिका राइटसँग विवाह गरिन्
-
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
-
मल्टिस्टारका कारण ट्रेन्डिङमा ‘पिताम्बर’ ट्रेलर